
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ।
लोसपाका एक नेताका अनुसार लोसपाले श्रम मन्त्रालय पाउने निश्चित भएको हो।
उक्त मन्त्रालयमा लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारीलाई पठाउने पार्टीले तयारी गरेको ती नेताले बताए।
यसैबीच विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।
प्रधानमन्त्री चितवनबाट फर्केलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ। गठबन्धनका दलहरूबीच मन्त्रालयको संख्या बाँडफाँटमा मोटामोटी सहमति भइसकेको छ ।
प्रधानमन्त्री प्रचण्ड आजै दिउँसो ३ बजे कठमाडौं फर्किने कार्यक्रम छ ।