
महोत्तरी। महोत्तरीमा संचारकर्मी संग वैदेशिक रोजगार तथा सामी कार्यक्रम बारे अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्विजरल्याण्ड सरकार र नेपाल सरकारको विपक्षिय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल र प्रदेश सरकारको समन्वय तथा हेल्भेटास नेपालको प्राविधिक सहयोग र स्थानिय सरकार जलेश्वर नगरपालिका, बर्दिबास नगरपालिका, गाँ शाला र पिपरा नगरपालिका गाउपालिकाको आयोजनामा तथा दलित समाज उत्थान समिति नेपालको सहजिकरणमा संचालित सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत संचारकर्मीहरुसंग सो अन्तरकृया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा हेल्भेटासका कार्यक्रम अधिकृत देव नारायण मण्डलले ३९ जिल्लामा सामी कार्यक्रम संचालनमा रहेको बताए । वैदेशिक रोजगारीमा जानेहरुलाई काउन्सिलिंग, सिप, दक्षता अभिवृद्धि, ठगिएका तथा मृत्यु भएकाहरुलाई क्षतिपुर्ति तथा शब नेपाल ल्याउने लगायतका कार्यमा सहजता भएको बताए । उनलेवैदेशिक रोजगारीमा जानेहरुको सीपमा पहुच सुचनामा पहुच, न्यायमा पहुच, मनोपरामर्श र वित्तिय साक्षरताको लागि आफुहरुले काम गरिरहेको थपे । यसै कार्यक्रम मार्फत विभिन्न बहानामा ठगिएकाहरुलाई रकम फिर्ता देखि विभिन्न क्षतिपुर्ति दिलाउन सफल भएको बताए ।

यता दलित समाज उत्थान समिति नेपालका कार्यक्रम संयोजक राम भजन महतोले महोत्तरी स्थित वासन(सामी) कार्यक्रमले दिएको सेवा बारे संचारकर्मीहरुलाई जानकारी गराएका थिए। उनले चालु आर्थिक वर्षमा सुचना तथा परामर्श सेवा ५०९ जनालाई सीप तालिममा पहुंच १० जनालाई' सामुदायिक अभिमुखिकरण १२५ जनालाई, गहन अभिमुखिकरण ३४ जनालाई र रिटर्नी स्वयम सेवक मार्फत सुचना प्रदान ३१५० जनालाई गरेको बताए ।
त्यसतै कार्यक्रम अन्तर्गत कार्यालयमा प्राप्त भएको ९५ केश मध्ये ४० मा सफलता समेत पाएको तथ्यांक प्रस्तुत गरिएको थियो । यता सोहि अवधिमा १६ जनाको शव विभिन्न कारणले मृत्यु भएकोमा महोत्तरी फिर्ता मगाउन पहल गरिएको थियो । यता क्षतिपुती वापतको २४ करोड ९ लाख रकम समेत पिडितहरुलाई दिलाउन कार्यक्रम सफल भएको जानकारी गराइयो ।
महोत्तरीबाट आर्थिक गत आर्थिक वर्षमा १९ हजार ३०१ जना वैदेशिक रोजगारीमा गएका छन भने चालु आर्थिक वर्षको श्रावणमा १५३० भाद्रमा २११६ असोजमा २२०६, कार्तिकमा २५१२, मॉसरमा ३३०४, पौपमा २८९१ माघमा २४२६ र फाल्गुणमा २३१६ जना विदेशिएका छन ।