
महोत्तरी । मानव अधिकार तथा शान्ति समाज, महोत्तरीको आयोजनामा संक्रमणकालीन न्याय अल्पत्र विषयक अन्तरकृया कार्यक्रम सम्पन्नन भएको छ । जलेश्वर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त अन्तरकृया कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजले संस्थाको कार्यपत्र प्रस्तुत गर्दै १० बुंदे सुझाव कार्यान्वयन गर्न आग्रह गरेको छ । लोकतन्त्रको १७ वर्ष पुरा भएकोमा संक्रमणकालीन न्यायलाई अल्पत्र पारिएको संस्थाले निचोड निकालेको छ ।
समाजले कार्यपालिकाको सिलसिलेवार श्रा पति ज न क निर्णय, व्यवस्थापिकाको भुमिकालाई गौण बनाउने प्रयास र न्यायपालिका विरुद्धको मोर्चाबन्दीले लोकतन्त्रलाई धरापमा पार्न सक्ने चिन्ता व्यक्त गरेको छ । यस्ता घटनाले प्रतिगमनलाई नै बल पुर्याउने आयोजक संस्थाको धारना छ । मानव अधिकार तथा शान्ति समाज नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच २०६३ मांसर गते भएको विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन इमान्दारीताको प्रदर्शन गर्दै लोकतन्त्र र शान्तिका खातिर सुझावहरु दिइएको भनिएको छ।

सुझावमा जनयुद्ध दिवस मनाउने सरकारको निर्णय आपत्तिजनक भएको र तत्काल खारेज गर्नु पर्ने र विदा सुचिबाट समेत हटाउनु पर्ने भनिएको छ । यता राज्यकोषमा भार पर्ने गरि उपलब्ध गराईने शसस्त्र द्वन्दका घटनासंग सम्बन्धित कुनै पनि प्रकारको सहयोग तत्काल बन्द हुनु पर्ने भनिएको छ । त्यसतै अयोग्य घोषित ४ हजार ८ जना माओवादी लडाकुलाई जनही दुईलाखको दरले सहयोग उपलब्ध गराउने निर्णय छ ।
समेत तत्काल खारेज गर्न १० बुंदे सुझाव कार्यान्वयन पत्रमा उल्लेख यता न्यायपालिकालाई धम्क्याउने र राजनितिकरण गर्ने कार्य बन्द हुनु पर्ने, राजनितिक पृष्टभुमिका व्यक्तिहरुलाई न्यायाधिश नियुक्त गर्ने कार्य अन्त्य हुनु पर्ने, नागरिकद्वारा निर्वाचित संसदले पिडकमैत्री र पिडित बैरी हुने गरि, दण्डहिनतालाई स्वा संस्थागत गर्ने र जघन्य मानव अधिकार उल्लंघन / ज्यादतीका घटनामा संलग्नलाई आम माफी दि संभावना भएका विधेयकका विवादास्पद प्रावधान खारेज गर्नु पर्ने, पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर्ने गरि मात्र संसोधन विधेयक पारित गर्नु पर्ने विधेयक पारित पुर्व पिडितसंग व्यापक परामर्श गरि पिडितको सहमति सुनिश्चित गर्नु पर्ने विधेयक मानव अधिकार मैत्री हुनु पर्ने लगायतका बुदाहरु समावेश गरिएको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शुभाष विच्छाले गरेका थिए भने प्रमुख अतिथि संस्थापक अध्यक्ष राज किशोर का रहेका थिए । कार्यक्रममा सहभागिहरुको तर्फबाट आयोजक संस्थासंग विभिन्न विषयमा जिज्ञासा राखिएकोमा आयोजकको तर्फबाट सो जिज्ञासामाथि प्रकाश पारिएको थियो ।