
सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बिगत ६ वर्ष देखि २० सरकारी कार्यालय विद्युत मिटर बिनै कार्य सम्पादन गरिरहेको छ । बाँकी रहेको कार्यालयमा विद्युत भए पनि बिजुली महसुल भने तिर्न सकेको छैन । २० कार्यालयहरु मध्ये अधिकांश विद्यालय रहेको र ती सबै विद्यालय तथा कार्यालयहरु ६ वर्ष देखि हुकिङ्ग गरी कार्यालय संचालन गरिरहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा ई हाजरी लगाउँन खोज्दा यस्तो तथ्य बाहिरिएको हो । ई हाजरी लगाउँदा विद्यालयका प्रधानाध्यपकहरुले बिद्युत सुविधा विद्यालयमा नभएको कारण देखाई ई हाजरी जोडन आनाकानी गरेपछि गाउँपालिकाले सरकारी कार्यालयमा मिटर जडानको अवस्था सम्बन्धी सर्वे गर्दा अधिकांश विद्यालयमा विगत ६ वर्ष भन्दा बढी देखि विद्युत चुहावट गरी कार्यालय संचालन गरिरहेको पाइएको छ । विद्युत मिटर नभएको २० वटा सरकारी कार्यालयहरु मध्ये १७ विद्यालय, बाँकी ३ अन्य कार्यालय रहेको छ ।
विधालयमा ई हाजरी जडान गर्न जानु भन्दा अगाडी विधालयमा गरिएको अनुगमनको क्रममा गाउँपालिका भरीका लगभग सम्पूर्ण सामुदायीक विधालयहरुमा विधुत संचालनमा रहेको, पखां चलि रहेको, धरै जसो विधालयमा ईन्टरनेट चलेको र कम्प्युुटर संचालनमा रहेको पाईएको थियो । तर ई हाजरी जडान गर्न जांदा विधुत संचालनमा न रहेको कारण देखाई केही विधालयका प्र.अ.ले इ हाजरी जडान गर्न नमानेको थियो । यसैगरी बाँकी रहेको १५ कार्यालयहरुले हाल सम्म विद्युत मिटरको बिल भुक्तानी गर्न सकेको छैन । यसरी विद्युत चुहाबट सरकारी कार्यालय बाटै भैरहेको जानकारी गाउँपालिकामा भएपछि अहिले भने का र्यालयहरुले हुकिङ्ग गर्न बन्द गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
यतिबेला चन्द्रनगर गाउँपालिकाले बुद्युत चुहावट पालिका बनाउन अभियान नै थालेको छ । अब २० कार्यालयहरुमा गाउँपालिकाले मिटर जडान गर्ने योजना बनाइ उक्त कार्य अगाडी बढाई सकेको छ भने किसानहरुलाई गाउँपालिकामै कृषि मिटर उपलब्ध गराइरहेका छन । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विद्युत मिटर बिनै संचालनमा रहेका विद्यालय तथा अन्य कार्यालयहरुमा छिटै मिटर जडान गर्न निर्देशन दिएको छु । विधुत मिटर बिना कार्यालय विधालय संचालन गरि रहेका विधालयका प्रधानाध्यापक र कार्यालय प्रमुखलाई विधुत मिटर आवेदन फारम गाउँपालिकाले उपलब्ध गराई सकेको छ ।
उक्त विधालय कार्यालयले मिटर आवेदन फारम भरेर गाउँपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिई सकिएको छ । मिटर आवेदन फारम भरेर गाउँपालिकामा बुझाई सकेका विधालय कार्यालयको मिटर जडान दस्तुर गाउँपालिकाले नेपाल विधुत प्राधिकरण मलगंवा वितरण केन्द्रमा मिटर दस्तुर तिर्ने व्यवस्था मिलाएको छ । यसअघि पाँच वर्ष सम्म पुरानो जनप्रतिनिधिहरुले पालिका चलाए पनि सरकारी कार्यालयमै विद्युत चुहावट हुदाँ पनि कुनै किसिमको पहल नगरेको देखियो । अब आफुले यो समस्या छिट्टै समाधान गर्ने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।