
महोत्तरी- स्थानीयस्तरको विवाद स्थानीयस्तर मै समाधान गरौं भन्ने मुख्य नाराका साथ महोत्तरीको बर्दिवासमा मेलमिलाप समबन्धी ४८ घण्टे आधारभुत तालिम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दिवास नगरपालिकाका उपमेयर तारा देवीले समाजमा हुने गरेको मनमुटाव, घिचातानी, वादविवादका कारण भव्य समाज निर्माणमा समस्या श्रृजना हुने गरेको हुदा सभ्य समाजको निर्माण, भाईचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको बताइन् ।
अहिलेपनि समाजका व्यतिmहरुले झिना मसिना मुद्दाहरुमा पनि प्रहरी प्रशासन एवम अदालतको नै भर पर्नुपर्ने बाध्यता रहेको हँुदा गम्भिर प्रकृतिका मुद्दा बाहेक अन्य झिना मसिना मुद्दाहरुलाई आफनै गाँउ ठाँउमा मेलमिलाप केन्द्र मार्फत गर्नुपर्नेमा सुझाव उपमेयर तारा देवीले व्यतm गरिन् । उनले मेलमिलाप राम्रोसंग सञ्चालनका लागि नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागिपछि नहटने प्रतिवद्धता व्यक्त गरिन् ।

बर्दिवास नगरपालिको आयोजना, समृद्धि कन्सल्टेन्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्रा.ली.को सहजिकरण र बर्दिवास मिडिया ग्रुप प्रा.ली.को समन्वयमा सो तालिम आयोजना गरिएको थियो ।
तालिममा बर्दिवास नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता टीका ध्वज खड्का, समृद्धि कन्सल्टेन्सीका कार्यकारी निर्देशक अजय साह, जिल्ला अदालत धनुषा र महोत्तरीका मेलमिलापकर्ता गुन्जन राय लगायतकाले प्रशिक्षण गरेका थिए ।
तालिममा बर्दिवास नगरपालिकाका १४ वटाबाट जम्मा ४३ जनाको सहभागीता रहेको थियो ।

चैत्र १७ गते देखि सुरु भएको तालिमको २२ गते अन्तिम दिन महोत्तरी जिल्ला अदालतका न्यायधिस हरि प्रसाद शर्मा उपाध्याय पंगेनीले तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।