
महेन्द्रनगर- बैंकले सम्झौता भन्दा निकै बढी चर्काे ब्याज लिएकाे विरूद्ध धनुषाको महेन्द्रनगरमा व्यापारीहरुले विरोध प्रदर्शन गरेको छ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको नेतृत्वमा व्यापारीहरुले बैंकिंग क्षेत्रकाे विराेध गरेको हो।

बैंक तथा बित्तिय संघ संस्थाहरुले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेगरी गरीएको ऋण सम्झौता भन्दा अब्यबहारीक तबरले ब्याजदर बृद्धि गरेको भन्दै शुक्रवार बिहान यहाँका सम्पुर्ण ब्यपारीहरुले शान्तिपुर्ण बिरोध कार्यक्रम सम्पन्न गरेको छ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादवले अहिले आर्थिक समस्या भएको समयमा ब्यापारी,किसानहरुलाई ब्याज तिर्नका लागि अनाबश्यक रुपमा टर्चर दिई बैंकले आतंक मचाएको भन्दै आन्दोलित भएको बताए ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघको प्रांगनबाट सुरु भएको शान्तिपुर्ण र्याली बजारकाे परिक्रमा गरेका थिए ।
ब्यापारीहरुले चालु पुँजी निर्देशिका खारेज गर, सम्झौता भन्दा बढि लिएको रकम फिर्ता गर,उच्च सेवा शुल्क खारेज गर जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।