
महोत्तरी- सोनामा गाउपलिका ६ बस्ने सोगारथ राउतको छोरा लक्ष्मण राउत गाउँको सार्वजनिक कुलो(पैनी)मा भैसी चराउन गएको बेला उनि माथि कुटपिट भएको छ।
स्थानिय मन्देश्वर यादव र सुजित यादव दुवै जना मिलेर राउतलाई बेल्टले कुटपिट गरेको आरोप उनले लगाएको छ । यादव द्वयले राउत लाई हातखुट्टा बाधेर कुटपिट गरेको उनले बताए । कुटपिटबाट राउत घाइते भएपछि उनिहरुले छोडेर भागे ।
पछि गाउलेहरु मिलेर स्थानीय क्लिनिकमा उपचार गराएका थिए। घटनालाई लिएर पिडित राउत मगरथाना प्रहरी चौकीमा जादा प्रहरी चौकीले कुनै वास्ता नगरेको गुनासो उनले गरे। आज राउतले आफु माथि कुटपिट गरेका दुवै यादव लाई सजाई दिलाउनका लागि ईलाका प्रहरी कार्यालय गौशालामा उजुरी दर्ता गराएका छन् ।
कुटपिट गर्नेहरु सोनामा गाउपलिका ६ का वडा अध्यक्ष श्याम यादवको आफ्नो भाई र छोरा हुन् ।