
महोत्तरी- बर्दिवासमा वितिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम सम्बन्धी पूनर्ताजगी एवं सामाजिक परिचाल तालिम सम्पन्न भएको छ।
ग्रामिण उद्यम तथा विप्रेषण आयाेजना समृद्धिले आयाेजना गरेको यस ५ दिने तालिममा २८ जना सहकर्ताहरुको सहभागीता रहेको थियो ।

यस तालिमको मुख्य उद्देश्य उनिहरुको सामान्य व्यवसायिक योजना तयार पारिवारिक तथा व्यवसाय बजेट प्रस्तावना तयार गर्नुका साथै सामाजिक परिचालनको भुमिका र तरिका बारे क्षमता अभिवृद्धि गर्नु रहेको FIO इन्दिरा श्रेष्ठले बताइन् ।
तालिमको समापन समारोहलाई सम्बाेधन गर्दै बर्दिवास नगपालिकाका उपमेयर तारा देवीले समूहको स्तर बढाउन स्थानीय सरकार संग समन्वय गर्नु पर्ने र आफूले साथ सहयोग दिने बताइन् ।

यसका साथै उपमेयर तारादेवी महतोको नेतृत्वमा बर्दिवास नगरपालिकाको वडा नं ९ र १० मा किसानहरुले आयोजनाको सहयोगमा गर्दै आएको तरकारी खेतीलाई अनुगमन समेत गरिएको छ।

स्थलगत अनुगमनका क्रममा समृद्धि आयोजनाले प्रबर्द्धन गरेका तरकारी समूह (टमाटो क्लस्टर)मा अगुनमन टोलीले किसान संग अन्तरक्रिया तथा उनिहरुले आयोजनाको सहयोग र उपलब्धी बारे जानकारी समेत लिएका थिए ।
