
धनुषा - मधेश प्रदेशका मुख्यमन्त्री सतीश सिंहलाई बर्दीबासमा घरेलु कार्यालय स्थापना सेवा उपलब्ध गराउन माग गर्दै महोत्तरी चेम्बर अफ कमर्सले ज्ञापन पत्र बुझाएको छ ।
महोत्तरी चेम्बर अफ कमर्सको तर्फबाट सुधीर अग्रवालले ज्ञापन पत्र बुझाउँदै बर्दीबासमा घरेलु कार्यालय सञ्चालन गर्न माग गरिएको हो ।
बर्दीबासका करिब ६ हजार घरेलु व्यवसायीहरूले सेवा लिन ४० किलोमिटर टाढा जानुपर्ने बाध्यता रहेकोले महोत्तरी चेम्बर अफ कमर्सको भवनमा घरेलु कार्यालय स्थापना गरी हप्तामा एक दिन भएपनि सेवा उपलब्ध गराउन माग गरिएको अग्रवालले बताए ।
महोत्तरी चेम्बर अफ कमर्सले बर्दीबासमा घरेलु कार्यालय स्थापनाको अनुरोध गर्दा बर्दीबासका व्यवसायीहरूको समस्या समाधान गर्न मुख्यमन्त्रीले सकारात्मक प्रतिबद्धता जनाएका अग्रवालले बताए ।