
जनकपुरधामको जानकी मन्दिरमा ३५००० दिप प्रज्ज्वलन गरि भव्य दिपोत्सव मनाइएको छ।
दीपावलीको अवसरमा ३५००० दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दिप प्रज्ज्वलन गर्ने बताए ।
हिन्दुवादी युवाहरूको एक समूहले सो दीप प्रज्वलनको आयोजना गरेको जसमा स्थानीयहरुको व्यापक सहभागी रहेको थियो ।



