
महोत्तरी- गाैशलाबाट चाेरीको मोटरसाइकल सहित एक युवकलाई पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय गौशलाले जनाए अनुसार आइतवार दिउँसो गौशाला नगरपालिका वडा नं. २ स्थित निगौल चोकमा चेकजाँचको क्रममा चाेरेर लग्दै गरेको मोटर साइकल सहित सोनमा गाउँपालिका वडा न. ३ बस्ने १९ वर्षीय सुजित कुमार सहनीलाई पक्राउ गरिएको छ।
प्रहरी टोलीले निगौल चोकमा चेकजाँचको क्रममा सहनीले उत्तर तर्फवाट दक्षिण तर्फ जान ज.७ प. १२१४ न.को रातो रंगको १६० CC को अपाचे मोटरसाईकल डोरयाउदै लादै गरेको अबस्थमा शंकालागि सोधपुछ गर्दै मोटरसाईकलको कागजात माग्दा उक्त मोटरसाईकल गौशाला नगरपालिका वडा न.५ शिवभक्तिखोर बाट चोरी गरी ल्याएको स्वीकार गरेकाे प्रहरीले जनाएको छ।
बरामद गरीएको मोटरसाइकल सहित सहनीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय गौशालामा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन् । पछिल्लो समयमा गौशाला आसपासको क्षेत्रमा दिनदहाडै चोरी तस्करीको घटनामा बढोत्तरी भएको छ ।