
जनकपुरधाम- मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि संघ सरकारसंग छलफल प्रकृया अगाडी बढाएका छन् ।
मन्त्री कुश्वाहाले मधेसलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि आउने आर्थिक वर्षमा ठूल ठूलो कृषि परियोजना संचालनमा ल्याउनका लागि यथोचित बजेट विनियोजन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रीसंग आग्रह गरेका छन् ।
मन्त्री कुश्वाहाका अनुसार आउने आर्थिक वर्षमा मधेसको हरेक वडामा जैविक मलखाद्य उद्योग स्थापना, हरेक पालिकामा साना कृषि बजार ब्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ठुला कृषि बजार ब्यवस्थापन, हरेक निर्वाचन क्षेत्रमा ५०० टन माथीको कोल्ड स्टोर स्थापना, हरेक निर्वाचन क्षेत्रमा कृषि औजार कस्टम हायरिंग सेण्टर, हरेक जिल्लामा कृषि पर्यटन लगायतका योजनाहरु अगाडी बढाइने छ ।
यसका लागि संघिय मन्त्रालयका साथै राष्ट्रिय योजना आयोगसंग छलफल प्रकृयालाई अगाडी बढाइएको मन्त्री कुश्वाहाले बताए ।