काठमाडौं । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ ।
राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ ।



‘पहिले आफू शौचलाय गएको बेला छोरी हराएको भनेकी थिइन्’ प्रहरी एसपी काफ्ले भने, ‘घटनाबारे बुझ्दै जादा किशोरी आफैंले नै सेप्टिक ट्यांकीमा फालेको कुरा स्वीकारेकी छन् ।’




