
पदपात्रा किन ?
चैत १० गते महोत्तरी नेपाली काँगे्रसले नेपाली काँग्रेसको सहयात्रा-जनजनको लागि पदयात्रा नारा सहित १५ दिने पदयात्रा सम्पन्न गरेको छ । नेपाली काँग्रेसका सभापति नागेश्वर यादवका अनुसार महोत्तरी जिला कार्यसमिति र कार्य सम्पादन समितिको बैठकबाट पास भई यो कार्यक्रम संचालन गरिएको रहेछ । सभापति यादवले पदयात्राको उदेश्यबारे बताउँदै भन्नुभयो, ‘म सभापतिमा जितेको एकवर्ष भयो ।

यसबिच स्थानीय, प्रादेशिक र संघीय निर्वाचनहरु सम्पन्न भयो । हामीले आफ्ना उर्जा निर्वाचनमै केन्द्रित गर्यौ । परिस्थितीहरुको अध्यन पश्चात हामीले पायौ की महोत्तरीमा नेपाली काँग्रेसलाई पुर्नजिवनको आवश्यकता छ । त्यसको लागि सबैभन्दा पहिला ‘नेपाली काँगे्रसलाई नेपाली काँगे्रससँग’ जोड्नु आवश्यक छ । यादवले नेपाल विद्यार्थी सँघ र तरुण दलमा आफ्नो नेतृत्वकाल सम्झीदै अहिलेको अवस्थासँग तुलना गर्दा महोत्तरीको सामाजिक, आर्थिक, राजनीतिक र काँगे्रसको साँगठनिक पक्षमा व्यापक परिवर्तन आइसकेको महसुस गरे ।

नेपाली काँग्रेसको सँगठन धेरै नै बलियो छ । यद्धपी यसलाई अझ बढी साँगठित गर्न र पार्टीलाई भूइँसतहका जनतासँग जोडिनको लागि पनि यो पदयात्राको अपरिहार्यता बोध भयो महोत्तरी काँग्रेसलाई । यादव भन्छन्, सामान्यतया निर्वाचनको मीति घोषणा पश्चात हामी जनतामा जाने वाणीको विकाश भएको देखिन्छ । जनताको समस्या सुनिदिएको जस्तो परिपाटीको अन्त्य गरी खासमा आम सर्वसाधारण जनताले नेपाली काँगे्रससँग के-कस्तो अपेक्षा राखेको छ भनी अनुभूती गर्न नेपाली काँग्रेसको पदयात्राले सहयोग पुग्नेछ भनी विश्वास सभापति यादवको रहेको छ ।

त्यस्तै काँग्रेस नेता बजरंग नेपालीको बुझाईमा कुनैपनि राजनीतिक दलले पदयात्रा गर्नु भनेको आफैमा ‘डाउन-टु-अर्थ’ हुनु हो । र यसले सर्वसाधारण जनताको मनोभावना बुझ्न प्रेरित गर्छ । नेपाली काँग्रेसबाट उनिहरुलाई कस्तो किसिमको अपेक्षा छ ? महोत्तरी काँगे्रसको साँगठनिक क्रियाकलाप देखि आमजिविका का सवालमा महोत्तरी त्रिणमुलका जनताको भरोसा बन्न यस्ता यात्राले प्रेरित गर्छ भन्ने बुझाई काँग्रेस नेता बजरंग नेपालीको रहेको छ ।
यात्राको ११औँ दिन एकडारा गाउँपालिका को चकबा गाउँमा नेता नेपालीले महोत्तरीका जनता शिक्षा, स्वास्थ्य, कृषि र समग्र विकासको सवालमा नेपाली काँगे्रस अग्रगामी सोँचका साथ जनतासँग काँध मिलाएर अगाडी बढ्न सदैव आतुर रहेको स्मरण गराउँदै सामाजिक न्याय ग्यारेन्टी हुने समाजको परिकल्पणा सुनाएका थिए । काँगे्रसको योगदानबारे ढाडस दिँदै नेता नेपालीले काँगे्रसको सक्रियताले नै देशमा प्रजातन्त्र देखि गणतन्त्रसम्मको यात्रा तय भएको स्मरण गराए । तर बिभिन्न कारणबस महोत्तरीमा फितलो देखिएको काँग्रेस भित्र जागृति ल्याउनुपर्ने आवश्यकता छ ।

काँग्रेस जागृत भए, आमजनतामा यसले जागृति फैलाउँदै जाने हो । यात्राबारे सम्झीदै नेता नेपाली ले भने की नेपाली काँग्रेसले जितेका पालिका र वडाका साथीहरुमा देखिएको उत्साह भन्दा पनि काँगे्रसले हार बेहोर्दै आएका पालिकाहरुमा काँग्रेसकार्यकर्ताहरुमा अगामी दिनका लागि मिहनेत गरी महोत्तरीलाई काँग्रेसमय बनाउनु पर्ने ब्याकुलता देखियो ! काँग्रेस पदयात्रीहरुले कुल ४०९ किलोमीटर पैदल हिँडे र १५ दिनमा १३८ वटा गाउँलाई छोए । हामी यथासम्भव यात्राबारे समिक्षा गर्छौ ।
महोत्तरी र काँग्रेस
महोत्तरी जिलाको कुल क्षेत्रफल १,००२ वर्ग किलोमिटर रहेको छ । पछिल्लो जनगणना अनुसार यसको जनसंख्या ७ लाख ५ हजार ८ सय ३८ रहेको छ । जसमध्ये आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार महोत्तरीबाट वैदेशिक रोजगारीमा रहेको संख्या २८,९२८ रहेको छ । जबकी यो तथ्यांकमा भारत लगायत अन्य मुलुकमा माइग्रेट भएकाहरुको संख्या सम्मिलीत गरिएको छैन् ।

साक्षरताको हिसाबले पछिल्लो जनगणना अनुसार महोत्तरीको साक्षरता दर ५९.७७ प्रतिशत मात्र रहेको छ । भाषिक र जातिगत हिसाबले यो जिल्ला बिविधतायुक्त छ । संरचनागत हिसाबले महोत्तरीमा १५ वटा पालिकाहरु छन् । जस अन्र्तगत १३८ वडाहरु छन् । २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसले केबल ३ वटा पालिकामा विजय हासिल गरेको थियो भन्ने २०७९ को निर्वाचनमा केबल २ पालिका । त्यसैगरि ०७४ को संघीय तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्षतर्फ शून्य सिट जितेको काँगे्रस ०७९ मा प्रत्यक्षतर्फ केबल एक सिट जितेको छ । समानुपातिक मत औसतमा राम्रै देखिपनि त्यसको प्रतिफलको संख्या/मात्रा अन्य जिलातर्फ बढ्ने गर्छ ।

राजा महेन्द्रले बहुदलिय व्यवस्थामाथि बुल्डोजर चलाउँदै राजनीतिक दलमाथि अमानविय व्यवहार गरिरहँदा २०१९ मा महोत्तरीका शिबचन्द्र मिश्रले सहादत दिए । २०३२ मा केशब कोइराला महोत्तरी मै पंचायती बन्दुकको शिकार हुनुपर्यो । २०३६ मा मिथलेश दुब्बे र २०४६ मा रामविलाश ठाकुरहरु बहुदलिय व्यवस्ता फर्काउन ज्यानको आहुती दिएको गौरबमय इतिहास छ।

२०३६ र २०४६ को पंचायत बिरुद्धको आन्दोलनमा एक्का-दुक्का कम्युनिस्ट बाहेक नेपाली काँग्रेसले नै बिद्रोहको बिडो थामेको थियो । महेश्वर प्रशाद सिंह, बसंत गुरुङ्ग, गणेश नेपाली, रामचन्द्र तिवारी, नरेन्द्र प्रशाद मिश्र, सिताराम भण्डारी, हरिशंकर मिश्र, कामेश्वर पाण्डे, महेन्द्र कुमार मिश्रहरुले पंचायती शासन र प्रशासनले दिन जेलनेल र यातनालाई वास्ता नगरि हल्लाबोल गरेका थिए । समयको क्यालेन्डरका पछिल्ला पानाहरु स्मरण गर्दा २००७ सालको क्रान्तिको बेला वर्तमान सर्लाही, धनुषा र महोत्तरी एउटै जिल्ला थियो, जसको सदरमुकाम थियो जलेश्वर । त्यसबखत पनि बीपी कोइरालासँगै सुनिने नाम, देखिने अनुहार महोत्तरी पिपराका रामनारायण मिश्र नै थिए । बीपीको आत्मवृतान्त, युग पुरुष रामनारायण मिश्रः स्मृति ग्रन्थ जस्ता पुस्तकहरु महोत्तरीका रामनारायण मिश्रले गरेका योगदानहरुलाई जीवन्तता दिएको छ ।

आज महोत्तरीमा नेपाली काँग्रेसको उपस्थिती चिन्तायोग्य हुँदै गएको छ । यसका बिभिन्न कारणहरु छन् । बहुदल आए पश्चात देशमा राजनीतिक दलको संख्या बढ्दै जानु, काँगे्रस बिरुद्ध कम्युनिस्टहरुको एकता र साथै मधेश आन्दोलन पश्चात उदय भएका मधेशकेन्द्रित दलहरुको कारण मधेशका जिल्लाहरुमा कमजोर हुनेक्रम सुरु भयो । र महोत्तरी काँग्रेस अलि अधिक कमजोर भयो ।

भर्खर सम्पन्न नेपाली काँग्रेसको पदयात्रामा उत्साह देखिएता पनि सँगठन भित्र देखिनु पर्ने अपनत्वमा कमी महसुस गर्नेहरु पनि छन् । यात्रा सुरु हुने दिन काँगे्रसका सह-महामन्त्री महेन्द्र यादव र धनुषाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य कुमरकान्त झाले शुभकामना दिन उपस्थिती जनाए । तर महोत्तरीबाट साँसद बनेका र केन्द्रिय सदस्यहरु यस यात्रामा आफ्नो उपस्थिती देखाएनन् । जिल्लाका नेतहरुको भनाई मा सबैलाई जानकारी गराइएको थियो । तर हुनसक्छ उहाँहरुको व्यस्तता र परिस्थितीले आउन सक्नुभएन होला । जिलाका नेताले जति मिलाएर भनेपनि यो चर्चाको विषय बनेको छ ।

त्यसैपनि, यात्राले मानिसलाई नयाँ अनुभव दिन्छ । स्मृतिमा तिक्ष्णता ल्याउँछ । सोँचको दायरा फराकिलो बनाउँछ । कस्ता छन् शहर, गाउँ र कस्बाका असंबोधित सरोकारहरु । यात्राले नै हो हामीलाई भिन्न-भिन्न संस्कृति र धर्म सहित भेष,भाषा र भोजनको प्रत्यक्ष अनुवभ गर्ने अवशर प्रदान गर्छ ।

पवित्र मनले गर्ने यात्राबाट नै हामी थाहा पाउन सक्छौ की आम मानिसको जनजीवन कस्ता छन्, उनिहरुका बिचार कस्ता छन् र ‘हामी कस्तो छौँ ?’ भन्ने निर्णयमा पुग्न सक्छौ । यात्राले जीवनमा बिभिन्न रंग थपी रहेको हुन्छ । यात्रा धार्मिक, प्रयटकिय गरी बिभिन्न उदेश्यले गरिन्छ । त्यहीभएर होला, भारतमा अंगे्रज सरकारविरुद्ध महात्मा गान्धीले सन् १९३० मा तत्कालिन सरकारले नुनमाथि कर लगाएको कानून ल्याउँदा अहमदावादको साबरमति आश्रमबाट दान्डी गाउँ सम्म ३९० किलोमिटर पैदल यात्रा गर्नुभएको इतिहास छ । आजादीको लडाई देखि अहिलेसम्म भारतमा यस्ता यात्राहरुले निरन्तरता पाउँदै आएको छ । भर्खरै केही महिना पहिला (७ सितंबर २०२२) देखि भारतीय राष्ट्रिय काँगे्रसले १३६ दिनमा ४०८० किलोमिटर पैदल यात्रा सम्पन्न गरेको छ । यो अरु केही होईन, जनतासँग आफ्ना कुरा राख्न र जनताका भावना, आवश्यकता र चाहना प्रत्यक्षरुपमा बुझ्ने एउटा अचुक माध्यम हो । त्यस्तै भारतको बिहार प्रान्तमा भारतीय राजनीतिमा कुशल रणनीतिकारको परिचय बनाएका प्रशान्त किशोर झण्डै साढे छौ महिनादेखि गाउँगाउँ पैदल हिँड्दै बिहारको राजनीति सम्हालन नयाँ पुस्ता र राम्रा मानिस लाई शिक्षित गर्दै हिँडेका छन् । प्रशान्त किशोरले बनाएको संगठनको नाम हो, ‘जनसुराज’ । नेपाल मै पनि बिश्वेस्वर कोईराला देखि प्रजातन्त्रको लडाई लड्ने हरेक आदर्शपात्रहरुले पैदल यात्रा गरेको स्मरणीय इतिहास छ ।

अन्त्यमा, नयाँ वर्ष २०८० को आगमनमा नेपाली काँग्रेसको सुदृढिकरण र शुद्धिकरणका प्रयाशहरु सफल होउन । पार्टींभित्र केन्द्रले चलाउने गुठ उप-गुठ को प्रभाव सकिन लागेको २०७९ मै डम्प गर्ने प्रयाश गरियोस । जनताका सरोकारलाई शिरोधार्य गरी नेपाली काँगे्रस महोत्तरीले आफ्नो इतिहासलाई स्वणर्िम बनाउनुपर्छ । नत्र पार्टी लोपुन्मुखताको अन्तिम बिन्दुमा पुग्नबाट रोक्न कठिन हुनेछ । पछिल्ला डेढ दशक देखि काँग्रेसले भोग्दै आएको हबिगतले आउने पुस्तालाई निराश नगरोस ।
काठमाण्डौमा बस्ने केन्द्रिय नेतहरुसँग महोत्तरीको सन्दर्भमा आफ्नो हक खोज्दै गर्दा ‘बागे्रनिङ्ग होईन, बगाबत’ गर्ने ल्याकत देखाओस ।