महोत्तरी – नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा महेश दासको नेतृत्वमा बहुमत कार्यसमिति निर्वाचित भएको छ। दास ३२ मत ल्याएर निर्वाचित हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी संतोष सिंहले २९ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी उपाध्यक्षमा अरविन्द कुमार झाले ३१ मत ल्याई विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी संजित कुमार मण्डलले २८ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा आशा कुमारी तोलांगीले ३२ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी भाग्यरेखा ठाकुरले २८ मत ल्याउन सफल हुनु भएको छ।



सचिव पदमा रामनारायण महतोले ३३ मत ल्याएर जित हात पार्नु भएको छ भने उहाँको प्रतिद्वन्दी विशाल बस्नेतले २८ मत ल्याउनु भएको छ । सह सचिव पदमा दिपक कुमार पाण्डेले ३२ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी नागेन्द्र कुमार यादवले २८ मत ल्याउनु भएको हो । सहसचिव समावेशी अन्तर्गत शर्मिला घिमिरेले ३१ मत ल्याई विजयी हुनु भएको छ प्रतिद्वन्दी भने अमृत कुमार महतोले ३० मत प्राप्त गर्नुभएको छ।
कोषाध्यक्ष पदमा राजीव कुमार राय कुर्मी ३१ मत ल्याएर विजयी हुुनु भएको छ भने उहाँको प्रतिद्वन्दी नवीन कुमार चौधरी २९ मत ल्याउनमा सिमित हुनुभयो । दलित सदस्यमा ममता विश्वकर्मा ३१ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी मन्जित राम २९ मत ल्याउन प्राप्त गर्नुभयो ।
महिला सदस्यमा रजनी कुमारीले ३३ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँकोे प्रतिद्वन्दी शुभद्रा भुजेलले २७ मत ल्याउन प्राप्त गर्नुभयो। मधेसी सदस्य पदमा निरञ्जन साह ३० मत ल्याएर विजयी भएको छ भने उहाँको प्रतिद्वन्दी रोशन कुमार महतोले २९ मत प्राप्त गर्नुभयो। समावेशी सदस्य पदमा विष्णु गुप्ताले ३३ मत ल्याएर विजयी भएको छ भने उहाँको प्रतिद्वन्दी लक्ष्मी कुमार साहले २७ मत प्राप्त गर्नुभयो ।
खुला सदस्य पदमा उषा आचार्यले ३१,जिवन राज दाहालले ३०,टेक प्रसाद पोखरेल २८,निरुता कुमारी चौधरी २८,विनय कुमार यादव २९,रञ्जित कापर २६,राम बाबु यादव २६ र सरस्वती लामा २८ मत प्राप्त गर्नुभयो । केन्द्रीय परिषद सदस्य पदमा बैद्यनाथ चौधरीलाई १४ मतले उछिनी ३४ मत ल्याएर गोपाल बराल विजयी हुनु भएको छ ।
त्यसैगरी प्रदेश परिषद सदस्य पदमा दशरथ भण्डारी ३६, रञ्जन भण्डारी ३५, कृष्णचन्द्र झा ३३, धनवीर महतो ३३ र अजय कुमार सिंह २९ मत प्राप्त गर्नुभयो।




