
जनकपुरधाम- नेपाल प्रेस इन्सिटच्युट (एनपीआइ) ले आइतवारदेखि आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ ।
क्षेत्रीय स्रोत तथा सञ्चार केन्द्र विराटनगर तथा नेपाल प्रेस इस्टिच्यूटको आयोजनामा संचालन भएको यस तालिम को उद्घाटन सञ्चार केन्द्रका संयोजक वीरेन्द्र शर्माले नव वर्ष २०८० वैशाख १ गते नै गर्नु भएको थियो भने आज देखि औपचारिक रुपमा कक्षा प्रारम्भ भएको छ।
भच्र्युअल माध्यमबाट प्रारम्भ गरिएको यस तालिममा विभिन्न प्रदेशका २५ जना महिला र पुरुष प्रशिक्षार्थीहरु सहभागी रहेको सञ्चार केन्द्रका संयोजक वीरेन्द्र शर्माले जानकारी दिनुभयो ।
एक महिनासम्म सञ्चालन हुने तालिमको पहिलो १५ दिन सैद्धान्तिक र १५ दिन सञ्चार माध्यममा प्रयोगात्मक अभ्यास गराइनेछ। तालिममा फिचर लेखन र अन्तरवार्ता शीप बारे समेत प्रशिक्षण दिइने संयोजक शर्माले जानकारी दिनुभयो।
२०४१ सालमा स्थापना भएको नेपाल प्रेस इन्ष्टिच्यूटका विराटनगर र नेपालगञ्जमा क्षेत्रीय स्रोत तथा सञ्चार केन्द्र रहेका छन् । केन्द्र तथा क्षेत्रबाट आधारभूत तथा विशिष्टीकृत तालिम सञ्चालन हुँदै आएको संयोजक शर्माले जानकारी दिनुभयो ।
एनपिआईको ‘१० महिने पत्रकारिता तालिम’ संस्थाको पहिचान गराउने कार्यक्रमका रुपमा परिचित रहेको संयोजक शर्माले जानकारी गराउनु भयो ।
तालिमको पहिलो दिन प्रशिक्षक कपिल काफ्लेले समाचारको परिभाषा र समाचार कसरी सुरुवात गर्ने बारे जानकारी दिनुभयाे ।