
पोखरा- बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ । ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पुर्याउने उदेस्यले शुरु भएको बृद्धाश्रम सहयोग समिती र प्रशान्ती बृद्धाश्रम विच सहयोगको वातावरण वनी दुवै समिती विच समन्वय भएको छ ।
ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाइ अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गरीने सोच रहेको हुँदा सहयोगी हात हरुको आवस्यकता रहेको कुरा बताउनुभएको छ । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितीले यो महिना कणार्लीको प्रशान्ती बृद्धाश्रम मा एक लाख अक्षयकोष स्थापना गरेको हो ।
५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवश्यक रहेको जानकारी गराउँदै सहयोग गर्न
इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारीगराउनुभयो । बृद्धाश्रम सहयोग समिती अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रमहरुमा कम्तीमा पनी एक एक लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनुभयो । वडा अध्यक्ष र पालिकाले दिएको सहयोग वाट रकम जुटीरहेको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न चाहनेले ९८५१३४१११४ मा सम्पर्क गर्न समेत उहाले जानकारी गराउनुभयो । हरेकले महिनामा १० रुपैयाँमात्र भएपनी ज्येष्ठ नागरीकको क्षेत्रमा सहयोग गर्न उहाले अनुरोध गर्नुभयो ।