महोत्तरी- औरही नगरपालिकामा आज भएको सडक दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाए अनुसार मृत्यु हुनेमा औरही नगरपालिका १ बस्ने ५५ वर्षीय राजेन्द्र यादव रहेका छन् ।
बर्दिवास-जलेश्वर सडक खण्डमा साइकलमा यात्रा गरी रहेका यादवलाई औरही १ सडकखण्डमा बजार नजिक रहेको पेट्रोल पम्प नजिक विपरीत दिशाबाट आइरहेको ना.२ क.२७९ नं.को टिफरको एउटा चक्का खुलेर ठाेक्किएको थियो ।टिफरको चक्काले ठक्कर लाग्दा साइकल यात्री यादव घाईते गम्भिर भएका थिए।
उनलाई टाउको सहित शरीरको बिभिन्न भागमा चोट पटक लागेको थियो । घाइते यादवको बर्दिवास जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यता टिफर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय गौशालाले धनुषा मिथिला नगरपालिका ४ बस्ने अरुण मुखियालाई नियन्त्रणमा लिएको जनाएको छ।