
जनकपुरधाम – धनुषामा साढे ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्।
धनुषाको विदेह नगरपालिका ६ की २५ वर्षीया अनुकुमारी साह ७ लाख ७१ हजार बराबरको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनको साथबाट एक हजारको नक्कली नोट ४ सय ९२ थान र ५ सयको नक्कली नोट ५ सय ५९ थान बरामद गरिएको छ।
प्रहरीको गस्ती टोलीले अनुको ब्यागमा तलाशी गर्दा नक्कली नोटहरु बरामद गरिएको हो।