
महोत्तरी- पछिल्लो समय महोत्तरीको वनमा व्यापक रूपमा काँचो सालका काठको चोरी तस्करी बढेको छ। बर्दिवास नगरपालिका वडा नं ३ स्थित भब्सी र पाटुको बिच मा पर्ने सामुदायिक वनमा काठ तस्करहरुको रजगज देखिएको छ ।
पाटु पोखरि वरपरका र त्यस क्षेत्र भित्र अनुमानित २०-२५ सखुवाका रुखहरू कटान भएका छन् । कटानको दृश्य हेर्दा १/२ महिनाकाे अन्तरालमा यि रुखहरू कटान गरिएको बुझ्न सकिन्छ। घना वन भित्र गैर-कानुनि ढंगले रुख कटान भएको देख्दा सामुदायिक वन सम्हाल्न तम्सिएका र जिल्ला वन कार्यालयको भुमिका माथि प्रश्न उठाउनै पर्छ। यी त एउटा नमुना मात्र हुन कयौं रुखहरू घना जंगलका बीच बीचबाट तस्करी भएका छन् ।
चुरेको फेदीमा रहेका यी वनहरु यसरी नै कटान हुने हो भने अबका केही दशकमा वनै मासिने सम्भावना हुन्छ, यसको छिटो भन्दा छिटो छानबिन होस् र यस्ता गतिविधि तुरुन्त रोकियोस् भन्ने स्थानीय देवराज थापाले बताए। त्यसैगरी स्थानीय माइस्थानका देवराज थापाले सबैजसो स्थानका राष्ट्रिय वनमा वन कर्मचारी कै मिलोमतोमा काँचो सालका काठ चोरी तस्करी हुने गरेको आरोप लगाए ।
वन व्यापक फँडानी भएको गुनासो आउन थालेको जिल्ला वन कार्यालयले स्वीकार गर्दै यस बारे चाडै नै एक्सन लिइने जनाए ।
तस्बीर : महोत्तरीको बर्दिवास नगरपालिका वडा नं ३ स्थित भब्सी र पाटुको बिचमा पर्ने सामुदायिक बनमा काठ तस्करहरु क्षेत्रको वनमा तस्कर समूहले काटेका काँचा सालका तस्वीर।










