
काठमाडौं- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी बिरामी की फरार अभियुक्त भन्ने विषयलाई लिएर विवाद बढ्दै गएपछि संसद् बैठक केही समयलाई स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेका अनुसार सांसद कोइरी २१ वटा बैठकमा अनुपस्थित छन्। अनुपस्थितिको कारणमा बिरामी भएको भनिएको छ।
तर,त्यसको प्रतिवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले उनी फरार अभियुक्त रहेको भनेपछि विवाद भएको हो।
सभामुखले उनीलाई बिरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी दिएपछि एमालेबाहेक अन्य सांसदले उठेर विरोध जनाएका थिए। लगत्तै सभामुख घिमिरेले संसद् बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
तर,पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको भन्दै विरोध गरेका थिए।
उनले आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद् बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने जिकिर गरे। उनले भने, ‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो’ उनले भने–‘भाग्नुभएको अभियुक्त हो । उनकै सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए।’
लामिछानेले फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही नहुने समेत बताए। राजनीतिका नाममा राजनीति संसदमा अब चल्न नदिने समेत उनले बताए।
बैठकमा सभामुख घिमिरेले कोइरी २०७९\१०\२५ देखि २०८०\०१\१५ सम्म २१ औँ पटकको बैठकमा अनुपस्थित । अनुपस्थितको कारण स्वास्थ्य उपचारमा रहेको भनेका थिए।