
बर्दिवास- महोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री सहितको टिम पुनः नेपाली कांग्रेस पार्टी मै फर्किएका छन्।
मेयर क्षेत्रीले पार्टीले कारबाही फुकुवा गरे संगै स्थानीय चुनावमा आफू संग रहेको सम्पूर्ण टिमको काँग्रेसमा फर्किएको बताए ।
क्षेत्रीले शनिबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आयोजित एक कार्यक्रममा आफ्नो टिमको कारबाही फुकुवा गरी पार्टीमा स्वागत गरेकाे बताए।
स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिए पछि बागी भई स्वतन्त्र उम्मेदवारी दिएका क्षेत्री समूहले नगर प्रमुख, उपप्रमुखसँगै चारवटा वडा समेत जित्न सफल भएका छन् ।
मेयर क्षेत्रीले आफूहरु पार्टीमा फर्किएको र अब बर्दिवास सहित महोत्तरी क्षेत्र नम्बर १ मा काँग्रेसलाई बलियो बनाउने अभियान चलाउने बताए ।