
बिष्णु कुमार यादव,महोत्तरी- सोनमा गाउँपालिका ७ सुन्दरपुर स्थित श्री जनता माध्यमिक बिधालयमा एक निजि संस्थाको सहयोगमा बिज्ञान प्रयोगशालाको शुभारंम्भ भएको छ ।
क्वेस्ट फर्मास्युटिकल्स प्राईभेट लिमिटेड आदर्श नगर बिरगंज पर्साको आर्थिक तथा प्राबिधिक सहयोग र कम्पनीका संचालक पृथ्वी राज भण्डारी निजु तथा महाप्रबन्धक डा.कमलेश दत्तको समन्वयमा उक्त प्रयोगशालाको स्थापनाका साथ उदघाटन गरीएको हो । यस गापामा रहेको सम्पुर्ण बिधालयका प्रअ नागरीक समाज अभिभाबक, छात्र छात्रा समारोहमा उपस्थित रहेका थिए ।
सोनमा गापाका अध्यक्ष बिशेश्वर प्रसाद यादवको प्रमुख आतिथ्य,संस्थाका महाप्रबन्धक डा कमलेश दत्तको बिशेष आतिथ्यता, वडा नंम्बर ७ का वडा अध्यक्ष ईन्द्रजित यादवको सभापतित्वमा उदघाटन समारोह सम्पन्न भएको बिधालयका प्रध्यानाध्यापक लालबाबु यादवले बताउनु भयो ।
क्वेस्ट फर्मास्युटिकल्स प्राईभेट लिमिटेड संस्थाले महोत्तरीमा पहिलो पटक बिज्ञान प्रयोगशाला अनुदानमा दिएको मानब संसाधनका अधिकृत दिवाकर अमात्यले जानकारी दिनुभयो ।