
महोत्तरी- जलेश्वर कारागारका फरार कैदी बन्दी पक्राउ परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका महोत्तरीको लोहारपट्टी नगरपालिका-९ का कृष्ण यादव लाई विरामी भई उपचारको लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोज प्रसाद गुप्ताको क्लीनिकमा लगेको बेला फरार चैत्र २४ गते फरार भएका थिए ।
फरार यादबलाई खोज तलासको क्रममा वैशाख १८ गते जलेश्वर नगरपालिका वडा नं. ३ मलिबारामा लुकीछिपी हिडदै गरेको अबस्थामा पक्राउ प्रहरीले पक्राउ गरेको महोत्तरी प्रहरी प्रवक्ता डीएसपी दिलीप कुमार गिरिले जानकारी दिए।
यादवमाथि कैदी बन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिने कार्य भई रहेको डीएसपी गिरिले बताए।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित माछा बजार बस्ने १६ वर्षीय अजय भन्ने अर्जुन साहलाई २०७९ साउन २३ गते अपहरण गरेर लोहारपट्टी ९ बस्ने २१ वर्षीय कृष्णा यादव सहितकाले अपहरण गरी हत्या गरेका थिए ।
कृष्णा यादवले पुर्व योजना बनाई अजय भन्ने अर्जुन साहलाई घाटी थिची हत्या गरेर लासलाई झारीमा लुकाएको अबस्थामा साउन २४ गते लास फेला परेको थियो ।
घटनामा संलग्न आरोपमा कृष्णा यादबलाई अपहरण तथा शरिर बन्धक ,कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा महोत्तरी जिल्ला अदालतको मिति २०७९ भदौ २६ गतेको आदेशले पुर्पक्षको लागी कारागार कार्यालय महोत्तरी जलेश्वरको थुनामा रहेको थियो।
कारागारमा रहदा यादब बिरामी भएपछि चैत्र २४ गते उपचारको लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोज प्रसाद गुप्ताको क्लीनिकमा लगेको बेला शौचालयमा पिसाब गर्ने बहाना बनाएर शौचालय पछाडीको भेन्टीलेसन निकाली सोही भेन्टीलेसनबाट निस्की फरार भएको थियो ।