
काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई १ सय १७ रनमा अलआउट गरेको छ । वर्षाका कारण हिजो सोमबार स्थगित भएको खेल आज पुन सुरु भएको थियो ।
यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएको अवस्थाबाट खेल सुरु गरेकोमा थप ११ रन बनाउँदा अलआउट भयो । नेपालका लागि ललित राजवंशीले ४ तथा करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिए । यस्तै सोमपाल कामी र गल्सन झाले एक एक विकेट लिए । यूएईका आशिप खानले ४५ रन बनाउनुबाहेक अरुले १५ रन भन्दा धेरै बनाउन सकेनन् ।
सोमबार टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । लगातार वर्षा भएपछि खेल स्थगित भएको हो ।
मंगलबार नतिजा आउन नसकेमा सुपर ओभरबाट नतिजा निकाल्नु पर्ने हुन्छ । यदि वर्षाको कारण सुपर ओभर पनि हुन हुन नसकेमा एकदिवसीय वरियताका आधारमा नेपाल नै एसियाकपमा पुग्नेछ ।