
कृष्ण गिरि
जागिर गर्ने सोच राख्नु भएको छ या जागिर परिवर्तन गर्ने सोच मा हुनुहुन्छ , यदी त्यसो हो भने यो लेख हजुर हरुको लागि हो । अन्तसम्म पढ्नु होला धेरै कुरा सिक्ने मौका पाउनु हुनेछ। जागिर को लाई स्वदेश मा होस् या वैदेशिक रोजगार को लागि होस् अन्तर्वार्तालिने प्रचलन छ। अन्तर्वार्ता मा जादाँ सबै लाई के सोध्ने होला भनेर जिज्ञासा लाग्नु स्वभाविक नै हो । कार्यालय को प्रकृती हेरेर प्रश्नहरु सोध्ने गरिन्छ । तर धेरै प्रश्न हामीले जानेकै हुन्छ तर उत्तर कसरी दिदाँ ठिक होला यहाँ देखाइएको छ। जानेकै प्रश्न को उत्तर सहीढगं ले दिनु जरुरी छ। अन्तर्वार्ता मा धेरै सोधिने केहि प्रश्न हरु लाई सहि ढंग ले के जवाफ दिन सकिन्छ भनेर यहाँ देखाईएको छ।
सबै भन्दा महत्वपुर्ण कुरा अन्तर्वार्ता कक्ष मा पस्न भन्दा पहिला पुरा आत्मविशवास को साथ जानी र के म भित्र आउन सक्छु ? भनेर सोध्ने । भित्र वाट अनुमति पाए पछि भित्र पसी सबै मा अभिवादन गर्ने । वहाँ हरु से बस्न भने पछि दिईएको कुर्सी मा धन्यवाद भन्दैबस्नुहोस् र आफु ले लिएर आएको आफ्नो सबै सक्कल सर्टिफिकेट हरु आफु वाट वहाँ हरु को केहि अगाडी सम्म सार्दिनुस् ।
अन्तर्वार्ता लिने ले अब हजुर लाई प्रश्न सोध्न शुरु गर्ने छन् । अधिकाँश ठाउँ मा सोधिने पहलो प्रश्न भनेको आफ्नो वारे माकेहि भन्नुहोस्। अब हजुर ले उत्तर दिने बेला मा प्रश्नकर्ता को अनुहार मा हेरेर नआत्तिकन आफ्नो नाम वाट परिचय दिन शुरु गर्नुहोस् ।मेरो नाम यो हो ,र म यो ठाउँ मा बस्छु । मेरो पढाई यो यो हो र कहाँ वाट पढेको त्यो जानकारी दिनुहोस्। कतै पहिला काम गरेको अनुभवछ भने पनि त्यो पनि जानकारी गराईदिनुहोस् र यो जागिर हजुर लाई किन उपयुक्त छ त्यो पनि भन्नुहोस् । मेरो जन्म यो ठाँउ मा भएकोमलाई यो गर्न मनपर्छ भन्ने जस्ता कुरा हरु नभन्दा राम्रो सुनिन्छ। सोधे को खण्ड मा मात्र यी कुरा को जवाफ दिनुहोस् ।
अब अन्तर्वार्ता लिने ले सोध्न सक्ने अर्को प्रश्न - हामी ले हजुर लाई किने यो पद को लागि लिने ? अब यो प्रश्न को जवाफदिदाँ धेरै अल्मलिन्छन् र जवाफ छेउ न टुप्पो को हुन्छ।यो प्रश्न को जवाफ मा हजुर हरु ले शान्त भएर पुरै आत्मविश्वास को साथ यो पदलाई यो यो योग्यता र ज्ञान चाहिन्छ जुन आफु सित भएको र यस्तो प्रकार को काम पहिला पनि गरेको अनुभव भए त्यो पनि भन्दिने । योपद को लागि म एकदम उपयुक्त छु मैले यो पद पाए मा यो अफिस लाई धेरै अगाडी लैजान सक्छु जस्तो जवाफ नदिनु होला । योजवाफ मा घमण्ड झल्किन्छ र पहिला भएका ले केहि काम नै नगरेको जस्तो सोच आउन सक्छ।
अब अर्को सोधिन सक्ने प्रश्न हजुर मा तेस्तो के छ जस्तो लाग्छ जुन यहाँ अन्तर्वार्ता दिन आएका हरु सित छैन । हजुर ले मसमय को कदर गर्ने बानी भएको , मेहिनत मा विश्वास गर्ने , ईमान्दार , चाडैँ निर्णय लिन सक्ने क्षमता भएको र आशावादी रहेको भनेरजवाफ दिन सकिन्छ।
अव अर्को प्रश्न के हुन सक्छ भने हजुर मा कम्जोरी के छ जस्तो लाग्छ। यस्को उत्तर मा हुन त तेस्तो केहि कमजोरी म मा भएकोजस्तो लाग्दैन तर पनि कसै लाई सहयोग गर्ने कुरा मा नाई भन्न सक्दिन र कुनै पनि काम गर्दा मलाई यो काम गर्र्दा अरु ले के भन्लान्भन्ने सोच आउँदैन भनेर भन्नुहोस् । आफ्नो कमजोरी लाई पनि थप विषेषता बनाउनुहोस् ।
हजुर को भविष्य को सोच के छ त भनेर पनि प्रश्न आउन सक्छ । यो प्रश्न आएमा नोकरी गर्ने , सेटल हुने र विहे गरेर आनन्द कोजिन्दगी बस्ने जस्ता अरु पनि कुनै यस्ता जवाफ नदिनु होला । त्यसो भए जवाफ के दिने त भन्दा यो पद लाई चाहिने थप अध्यन गरेरआफु अझै सक्षम हुने तिर लाग्ने र यो कार्यालय लाई आफ्नो तर्फ वाट कसरि अगाडी लैजाने सोच को साथ हजुर हरु को सल्लाह रसुझाउ को साथ अघि वढ्नेछु भनेर भन्दा राम्रो सुनिन्छ।
कतै काम गर्दा गर्दै फेरी नयाँ काम को लागि फेरी अन्तर्वार्ता दिन आउनु भएको छ भने यो प्रश्न अनिवार्य सोधिने गरिन्छ किकिन त्यहाँ छोडेर यहाँ आउन खोज्दै हुनु हुन्छ। यस्को जवाफ अलि मिलाएर दिन पर्छ । हजुर ले सब भन्दा पहिला काम गरिराखेको ठाउँलाई धन्यवाद दिदैँ काम सिकाएर आज यो अफिस मा यो पद को लागि अन्तर्वार्ता दिने योग्य बनायो भनेर भन्नुहोस् । तर समय परिवर्तनशिल रहेको र मान्छे को ईक्षा आकन्क्षा वढ्दो हुने र परिवर्तन मानिस को जीवन मा जरुरी भएको र यो पद मा आफु ले धेरै गर्न सक्ने सोचभएको ले यहाँ निवेदन दिएको भन्नुहोस् ।
हरेक अन्तर्वार्ता मा सोधिने यो महत्व पुर्ण प्रश्न हाम्रो अफिस या कम्पनि मा किन काम गर्न खोज्नु भएको छ त ? यो प्रश्न को उत्तर दिनहजुर ले घर मै त्यो कम्पनी या अफिस को वारे मा अध्यन गरेर जानु पर्नेछ। त्यो कम्पनि को मुख्य काम र उद्देशय के हो र कम्पनि अहिलेके के प्रोजेक्ट मा काम गर्दै छ सबै पढ्नु पर्नेछ। अनि जवाफ दिदाँ यो कम्पनि को यो यो काम यसरि गर्ने तरिका मन पर्यो र मैले यस्माथप यो काम गर्न सक्छु जस्तो लाग्यो भनेर पुरा आत्मविश्वास को साथ भन्नुहोला ।