
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
आचार्यको शपथ दिउँसो १३:३० बजे राष्ट्रपति निवास शीतलनिवासमा तय गरिएको छ । कपिलवस्तु क्षेत्र नं. २ बाट निर्वाचित आचार्यलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिइएको छ । आचार्य राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन् ।