
फुलगेन मगही, ढल्केवर ।धनुषाको मिथिला नगरपालिका वार्ड नम्बर -६ मा नयाँ पुस्ताको लक्ष्य विषयमा कार्यक्रम भएको हो। मिथिला नगर बाल संजालको आयोजनामा एस. ई. ई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गरिएको हो।

पहिलो चरणको कार्यक्रम अन्तर्गत परिचयात्मक विषयलाई निरन्तरता दिँदै मगही भाषा अभियानी, साहित्यकार श्याम यादवले पाक शिक्षाको साथै भाषा साहित्य र गीत कस्तो हुनु पर्छ र ई कुराले लक्ष्य कसरी निर्धारण गर्छ भन्ने विषयमा आफ्ना तर्कहरु विद्यार्थीहरुलाई सुनाए । त्यस्तै कार्यक्रममा बोल्दै प्रहरी साहायक निरीक्षक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका ज्ञान कुमार महतोले भने अहिलेको अवस्थामा सामाजिक संजाल फेसबुकका कारण अहिलेका युवायुवती अपराध जन्य कुरामा बढी फस्ने गरेको बताए । साथै पढदा पढदै कसरी विभिन्न प्रलोभनमा साइबर क्राइमको सिकार हुन पुग्छ र त्यसबाट कसरी जोगिएर आफ्नो लक्ष्य प्राप्ति गर्न सकिन्छ त्यस विषयमा आफ्ना कुराहरु राखे साथै लक्ष्य प्राप्तिको लागि हौशला बुलन्द गरेर अगाडी बढदै जानु पर्ने उहाँलेर बताए।

त्यस्तै अर्का वक्ता कबीर बाल आश्रम जनकपुरधामका संचालक संत सत्यनारायण आलोक बाबाले भन्ने की यो दुनियाँमा सबैले केही फरक ढंगको रचनात्मक कार्य गर्नुपर्ने उहाले भन्नुभयो । हाम्रो समाजमा विभिन्न विकृतिहरू रहेको हुँदा त्यस्ता कुरालाई त्याग गरेर आफ्नो लक्ष्यको लागि मेहनतका साथ अगाडी बढनु पर्ने साथै कबीरको विभिन्न साखी सुनाएर र त्यसलाई व्याख्या गरेर विद्यार्थीहरुलाई उत्साहित गरेका थिए।
त्यस्तै प्रमुख अतिथिका रूपमा रहेका मिथिला नगरपालिकाका उपनगरप्रमुख सुनिता बुढाथोकीले विद्यार्थीहरुलाई पढाई गर्दा सकारत्मकबाट अपनाएर अघी बढ्नु पर्ने र अभावका कारण पढाई छोडनु न हुने र सकारात्मक दीशा अपनाएर आगुऔषधबाट जोगिएर लक्ष्य प्राप्तिका लागि लाग्नु पर्ने उहाँले बताए। कार्यक्रमको अध्यक्ष मिथिला नगर बाल संजालका अध्यक्ष दिपेश महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।