
बर्दिवास। महोत्तरीको बर्दिवास नगरपालिका–१३ स्थित रहेको जनता माध्यमिक विद्यालय बिजलपुरामा थप चार कोठे भवन निर्माण हुने भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाखको लागतमा भवन निर्माण हुने भएको हो । शनिवार उक्त भवनको बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले शिलान्यास गरेका हुन् ।
दुईतल्ले भवनमा ४/४ कक्षाकोठा निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोले बताए ।
शिलान्यास कार्यक्रममा वडाअध्क्ष लक्ष्मण सिंह, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिती रहेकाे थियो ।