
कृष्ण राज गिरी /भैरहवा
जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा मिटर व्याज पिडितहरु ले मंगलवार उजुरी दर्ता गरेका छन्।
रुपन्देही जिल्लाका मिटरव्याज पिडितहरुले आफु पिडित भएको सवुत, प्रमाण सहित बैशाख ३१ गते सम्म मा प्रशासन कार्यालय को मिटर व्याज पिडित सहायता कक्ष मा सम्पर्क जारी गरिएको सुचना अनुसार उनिहरुले उजुरी दर्ता गराएका हुन् ।
बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले पीडितहरुलाई निवेदन दिन सुचना जारी गरेको थियो । पिडितहरुलाई अधिवक्ता तथा सामाजिक अभियन्ता प्रख्यात बन्जाडे ले उजुरी दर्ता गर्न तथा कानुनी सहयोग गरेका थिए।
मिटर व्याज पिडितहरु से भैरहवा, काठमाडौं लगायत देश का विभिन्न भाग मा आफ्ना मागहरु लिएर विभिन्न चरणमा आन्दोलन गरेपछि सरकार पिडितहरु को समस्या समाधान छिटो सम्वोधन गर्न अध्यादेश ल्याएर समाधान गर्ने प्रयास गरेको हो ।