जकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिका ४ स्थित शिव शक्ति माध्यमिक नमूना विद्यालयका शिक्षक तथ कर्मचारी आन्दोलनम उत्रेका छन् ।
नमूना अनुदान र निजी श्रोतका शिक्षक तथा कर्मचारी लामो समयदेखि तलबभत्ता नपाएको भन्दै बैशाख ब२४ गतेदेखि अनिश्चितकालिन धर्ना बसेका हुन् ।
उनीहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ । चरणमा उनीहरु बैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।
पटक पटक तलबभत्ता माग गर्दा समेत बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनहरुले बताएका छन् ।
२०७८।०७९देखि हालसम्मको तलब भत्ता नपाएको उनीहरुको गुनासो छ । यसले साधारण जीवन यापन गर्न समेत संकट भएको दुखेसो शिक्षहरुको ।