महोत्तरी- गौशाला नगरपालिकाको कार्यालयले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको लागि श्रम स्वीकृत कार्यको शुभाराम्भ गरिएको छ ।
विहीबार नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगर उपप्रमुख रेणु महतोले गौशाला नगरपालिका ५ का अशोक साहलाई श्रम स्वीकृत प्रदान गरिएको छ ।
अव श्रम स्वीकृत लिने व्यक्तिहरुले व्यक्तिगत विवरण सहितको व्यक्तिगत कागजपत्र, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपी सहित रोजगार शाखामा सम्पर्क गर्नका लागि नगरपालिकाको रोजगार संयोजक नविनत झाले आग्रह गरेको छ ।
वैदेशिक रोजगारका लागि जाने व्यक्तिले स्थानियतहबाटै निःशुल्क रुपमा श्रम स्वीकृती तथा पुनः श्रम स्वीृकत सेवा पाएपछि स्थानियहरु हर्षित भएका छन् ।




