सर्लाही - नेपाल प्रेस युनियन सर्लाही शाखाको सातौँ जिल्ला अधिवेशन बिहीबार हरिपुरमा सम्पन्न भएको छ ।
रेडक्रस शाखा कार्यालय हरिपुरमा हिजोबाट सुरु भएको जिल्ला अधिवेशनले पुनः कृष्णप्रसाद थपलियाको अध्यक्षतामा १७ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष विनोद महतो, महिला उपाध्यक्ष सिर्जना बस्नेत, सचिव रामबाबु खड्का, कोषाध्यक्ष लभहरि ढुङ्गेल, सहसचिव अनिता साह, सदस्यहरूमा सुदर्शन रिजाल, रविन्द्र ठाकुर, मुकेश मिश्र, अम्बिका बुढाथोकी, कुमार दाहाल, मोहन उप्रेती, चाँदनी दास, उदय पाख्रिन, वर्ष झा, नवीन उप्रेती र अपर्णा मल्लिक निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।




