सर्लाही- सर्लाहीको क्षेत्र न. ४ (२) को सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको ३ वटा टावर निर्माण हुने भएको छ ।
सो क्षेत्रका बिष्णु गाउँपालिका वार्ड न.३ मधुवन बजार, गोडैता नपा वार्ड न.२ पिपरनाथ र बलरा नपा वार्ड न. ६ मिर्जापुर मा टावर नभएर माेबाइलमा नेटवर्क नआउँदा फोन गर्न निकै समस्या रहेको छ।



क्षेत्रवासीलाई नेटवर्कको समस्याबाट राहत पाउन र सबै जनतामा मोबाईल, इन्टरनेट पहुँच पुर्याउन टावर निर्माणका लागि साँसद फकिरा महतोले विशेष पहल गरेका छन् ।
क्षेत्रमा धरदैलो तथा जनतासंग भेटघाट गर्दा मोबाईलमा नेटवर्क नआउने र कहि आएपनि फोरजी नचल्ने जस्ता गुनासो सर्वधारणबाट पटक पटक आउने गरेको हुँदा जनताको समस्यालाई समाधान गर्न जनप्रनिधिको पहिलो कर्तव्य रहेको बताउदै टावर निर्माण लागि संचार तथा सुचना प्रविधि मन्त्रालयसंग पहल गरेपछि अहिले ३ वटा टावर निर्माण हुन लागेको साँसद महताेले बताए।
‘मैले क्षेत्रमा रहेका नेटवर्क समस्यालाई लिएर ९ वटा टावरको माग गरेको थिए’, उहाँले भने, ‘अहिले ३ वटा टावरको निर्माणका लागि स्विकृति मिलेको छ । बाँकी रहेका ६ वटा टावर समेत समेत स्विकृति पाउनेमा आशावादी रहेको छु।’
सर्लाहीका सिमावर्ती क्षेत्रमा जनताहरु अहिले पनि मोबाईलमा नेटवर्क नआउने समस्याले पिडित रहेको स्थानियवासीहरु बताउँछन ।
मोबाईलमा नेटवर्क नआउने, आएपनि प्रस्ट कुरा नहुने, इन्टरनेट नचल्ने जस्ता समस्याले गर्दा सिमावर्ती क्षेत्रमा नागरिक पिडित रहेको स्थानिय हिमांशु सिंहले बताए ।
नेटवर्कको समस्याले गर्दा सिमावर्ती क्षेत्रका मानिसहरुलाई मोबाईलमा इन्टरनेट चलाउन भारतीय सिम जियो र एयरटेल प्रयोग गर्नुपरेको बाध्यता रही आएको स्थानीयले बताए।
सिमावर्ती क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माणले नेटवर्कसंग सम्बन्धि हरेक समस्यासंग सर्वसाधारणले राहत पाउने र मोबाईल इन्टरनेटबाट बाहिर रहेका नागरिकलाई सुचना तथा संचारमा पहुँच पुर्याउने अपेक्षा गरिएको हो ।




