जनकपुरधाम- जनकपुरधाम उद्योग वाणिज्य संघले उद्योग ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराई दिन गुठी संस्थानसँग आग्रह गरेको छ ।
आइतबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले गुठी संस्थानका प्रमुख आनन्द कर्माचार्यलाई ज्ञापन पत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
संघका अध्यक्ष महासेठले उद्योग ग्राम स्थापनाका लागि कम्तीमा ७ विघा जग्गा उपलब्ध गराउन माग गरेका छन् ।
उनले नेपाल सरकारले उद्योग ग्राम स्थापना गर्ने कार्यलागि विशेष प्राथमिकता दिएकाले यसका लागि न्यूनतम ७ विघा जग्गा व्यवस्थापनका लागि लिजमा उपलब्ध गराइदिन गुठी संस्थानसँग माग गरे ।
जनकपुरधाममा गुठीको पर्याप्त जग्गा रहेकाले संघलाई सो जग्गा उपलब्ध गराईदिए जनकपुरधाममा बजार व्यवस्थापनदेखि विक्रि वितरणका लागि सहज हुने अध्यक्ष महासेठ बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघले यसअघि २०७८ सालमा पनि उद्योग ग्राम स्थापनाका लागि जग्गा उपलब्ध गराई दिन माग गर्दै गुठी संस्थानलाई ज्ञापन पत्र बुझाएको थियो ।