महोत्तरी- बर्दिबास नगरपालिकाको वन क्षेत्रबाट तीनजनालाई भरुवा बन्दुक सहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिवास नगरपालिका ११ स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डबाट ३ कि.मि. उत्तर तर्फ पर्ने बनपथ राष्ट्रिय वन क्षेत्र भित्र भरुवा बन्दुक सहित तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलन, सोहि ठाउँ बस्ने ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्यांगतान रहेका छन्।
उनिहरुको साथबाट भरुवा बन्दुक २ थान र जंगली जनावरहरु झोर्दै हिडिरहेको अवस्थाम पक्राउ गरेको हो । भरुवा बन्दुक साथमा बोकि जंगली जनावरको शिकार गरिरहेको विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट डीएसपी बिजय यादवको कमाण्डमा खटिई गएको प्रहरी टोलीले उनिहरुको काँधमा भरुवा बन्दुक भिडि हिडिरहेको अबस्थामा पक्राउ गरेको हो ।




