महोत्तरी – महोत्तरीबाट प्रहरीले अन्दाजी ८२ किलो अवैध गाँजा बरामद गरेको छ। गौशाला नगरपालिका १२ बाके खोलाबाट रेलवे पुल नजिक खोलाको बाटो हुदै कान्तिबजारतर्फ आउँदै गरेको ना ७ त २२०० नम्बरको ट्रयाकटरबाट ८२ किलो अवैध गाँजा बरामद गरेको हो।
गस्तीमा गएको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा गाँजासहित ट्रयाकटर र चालक सर्लाहीको इश्वरपुर नगरपालिका १२ बस्ने वर्ष २६ को गणेश सार्की र ट्रयाकटरमा सवार सोहि ठाउ घर बस्ने वर्ष २७ को पाण्डब थापालाई ट्रयाकटर सहित नियन्त्रणमा लिएको जनाएको छ ।



बरामद गरेको गाँजा ट्रयाकटर र चालकलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय गौशालाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाउने जनाएको छ ।




