
कृष्ण राज गिरी/भैरहवा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
विगत पाचँ महिना देखि तलव नपाएको विरोध स्वरुप पहिलो चरण मा हात मा कालो पट्टी वाँधेर विरामी लाई सेवा दिई राखेका छन् ।
आन्दोलित स्वास्थ्यकर्मीले पुष २०७९ देखि तलव नपाएको , कहिले पाउने भन्ने पनि यकिन नभएकोले वाध्य भएर आन्दोलन गर्न परेको वताए । जेठ १ गते नै नगरपालिकालाई स्वास्थ्यकर्मी हरु ले ज्ञापन पत्र मार्फत जानकारी गराएका थिए ।

तिलोत्तमा नगरपालिका -३ मा रहेको आधारभुत स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्य निरिक्षक थानेश्वर वस्यालले 'हामी स्वास्थ्यकर्मी हरु सेवा मा प्रतिबद्ध छौं तर भोक भोकै काम गर्न सक्दैनौं ' भनेर आफ्नो भनाई राखे ।
कर्मचारी लगायत स्वास्थ्य क्षेत्र लाई उचित व्यवस्थित गर्ने ,सबै कर्मचारीहरुलाई समान सुविधा पाउनु पर्ने र आगामी दिन मा तलव पाउनै कै लागि स्वास्थ्यकर्मी आन्दोलित हुन नपरोस् लगायतका आफ्ना मागहरु रहेको वस्यालले जनाए। जिल्ला प्रशासन मा ज्ञापन पत्र बुझाउने र आफ्नो हक नपाए सम्म आन्दोलन गरि रहने सवै स्वास्थ्यकर्मीले जनाए ।