कृष्ण राज गिरी/भैरहवा
राष्ट्रिय स्वतन्त्र पार्टी , सिद्धार्थनगर ले जेठ ९ गते सिद्धार्थनगर भैरहवा मा भ्रष्टाचार विरुद्ध विरोध र्याली गरेको छ।
विरोध र्याली भैरहवा वुद्द चोक वाट मिलन चोक, देवकोटा चोक हुँदै पुन वुद्ध चोक पुगी कोण सभा गरि समापन गरिएको थियो। भ्रष्टाचार विरुद्ध कोप्ले कार्ड र भ्रष्टाचार विरोधी नारा लगाउँदै र्याली बजार परिक्रमा गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य, उद्योग तथा वाणिज्य विभाग प्रमुख जीत वहादुर गुप्ता 'शेखर' ले 'नेता होस् या नाता होस् भ्रष्टाचार गर्ने सवैलाई कार्वाही गर्नु पर्छ, यो भ्रष्टाचार विरोधी कार्यक्रम सरकारलाई भ्रष्टाचारी लाई सानो ठूलो नहेर्न र ठूला राजनितिक पार्टी को नेता नभनि कडा कार्वाही गर्न दवाव को साथै भ्रष्टाचारीलाई कुनै पनि हालत मा नछोड्न चेतावनी हो ' भने ।

भ्रष्टाचारी गर्ने चाहे त्यो नेता होस् या कर्मचारी कसैलाई कुनै पनि वाहाना मा कार्वाही नगरी छोडिए थप आन्दोलनका कडा कार्यक्रमहरु घोषणा गरिने थप जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी ले देश भरी नै भ्रष्टाचार विरोधी कार्यक्रमहरु गर्दै आएको छ।




