
सिराहा - सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ।
सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेका छन्।
महायज्ञ गर्न सञ्चालन गर्नका लाषि सिरहाको औरही- ५ का दलित दीपक मलिक डोमको घर भत्काइएको विषयमा चौतर्फी विरोध भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई गृह मन्त्रालय तानिएको हो।
यहीँ चैत १७ देखि हुन लागेको विष्णु महायज्ञमा महायज्ञको मण्डप वरिपरि दलित बस्न नहुने भन्दै उनको घर भत्काइएको थियो। घर भत्काउने मात्र होइन दलितले टेकेको धर्तीसमेत अपवित्र हुन्छ भनेर माटोसमेत खनेर फालिएको उनीहरूको गुनासो छ।