भैरहवा- काठमाडौं को दरबारमार्ग मा रहेको क्यासिनो प्यालेस को अण्डर ग्राउण्डमा अवैध अनलाईन जुवा तथा बिदेशी विनिमयको कारोवार गर्दै आएका तीन जना भारतिय लाई बिहीवार प्रहरी ले पक्राउ गरेको छ। प्रहरी ले बिभिन्न देश हरु को विदेशी मुद्रा को साथै जुवा खेलाउन प्रयोग गरिएको ल्यापटप ३ थान, टैव ३ थान, कम्प्युटर सेट ७ थान, मोवाईल ३ थान, अवैध अनलाइन गेमिंग सम्बन्धी कागजातहरु र तासका गड्डीहरु वरामद गरेको छ। वरामद गरिएको विदेशी मुद्रा को नेपाली मुल्य १ करोड ८ लाख ९ हजार ४ सय रहेको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।
पक्राउ पर्ने मा भारत पन्जाव का ३२ वर्षिय रिसव पावा, सिद्धार्थ जिल्ला पोष्टमौ का ५२ वर्षिय गुलाव सिंह र दिल्ली विकासपुरी का ३९ वर्षिय गौरव सिंह रहेका छन्। निज तिनै जना हाल काठमाडौं महानगरपालिका वडा नं १ मा वस्दै आएका प्रहरी ले जनाएको छ।
दरबारमार्ग मा रहेको क्यासिनो प्यालेस को अण्डर ग्राउण्डमा नेपालको कानूनले बन्देज गरेको अवैध अनलाईन जुवा र नेपाल राष्ट्र बैंक ऐन २०५८ बिपरीत बिदेशी तथा स्वदेशी मुद्राहरुको वित्तिय कारोवार गर्ने गरेको प्रहरी लाई प्राप्त गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिई गएको प्रहरी टोलीले सो स्थानबाट अवैध अनलाईन जुवा खेलाउने विद्युतीय उपकरणहरु, कागजातहरु, ठूलो मात्रामा स्वदेशी तथा बिदेशी मुद्राहरु समेत फेला पारी रीत पूर्वक खानतलासी बरामदी गरी सो कार्यमा संलग्न व्यक्तिहरुलाई प्रमाण सहित नियन्त्रणमा लिएको र जिल्ला अदालत काठमाण्डौबाट सात दिन को म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ।