महोत्तरी- महोत्तरीमा लैंगिक उत्तरदायी बजेट निर्माण सम्बन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ महोत्तरीको सभाकक्षमा भएको सो कार्यशालामा महोत्तरी स्थित १० राजनितिक दलका प्रमुख तथा प्रतिनिधीलाई सामेल गराइएकोमा उनीहरुसंग वहिष्करणमा परेका महिला,दलित,गरिव र अपांग व्यक्ति लक्षित बजेट निर्माण बारे छलफल गरिएको हो ।

माण्डवीको आयोजना तथा आईएफइएसको प्राविधिक तथा स्विस सरकार र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा सम्पन्न सो कार्यक्रममा सहभागिहरुले आ आफ्नो धारणा राख्दै आ आफ्नो दलबाट निर्वाचित भएका जनप्रतिनिधीहरुसंग बजेट निर्माणमा सम्बन्धित विषयहरु समावेश गर्ने वारे गहन छलफल गर्ने प्रतिवद्धता जनाएका थिए ।

स्थानिय सरकारमा रहेका जनप्रतिनिधीहरुलाई पार्टीको तर्फबाट लैंगिक उत्तरदायी बजेट बनाउन समन्वय गरिने र यसले र्लैंगिक उत्तरदायी बजेट बनाउन सहज हुने सहभागिहरुले आशा व्यक्त गरे । शिलिड्स कार्यक्रम अन्तर्गत महिला नेतृत्व कार्यक्रम का कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले कार्यशालामा दलहरुका प्रमुख तथा प्रतिनिधीका साथै दलभित्रका महिला संगठनहरु समेतका प्रमुख तथा प्रतिनिधीहरुलाई सामेल गराइएको थियो ।




