sf:sL, !% c;f]h . kf]v/fsf] ko{6sLo uGtJo km]jftfndf a’waf/ 8’ªuf zo/ ub}{ tfnaf/fxL dlGb/ hfFb} cfGtl/s ko{6s . sf]/f]gf ;ªqmd0f /f]Sg cfXjfg ul/Psf] aGbfaGbL tyf lgif]wf1f cGTokl5 8’ªuf ;~rfng eP klg ko{6s gx’Fbf ;Lldt dfq ;~rfngdf 5g . t:jL/ M s[i0f bjf8L, /f;;
कास्की । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा ६३ वर्षीय मिन गुरूङको मृत्यु भएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका गुरूङ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने गर्दथे । शनिबार अपराह्न करिब ४ बजेतिर फेवातालमा माछा मार्न गएका उनी डुबेर बेपत्ता भएका थिए । बेपत्ताको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र सशस्त्र प्रहरी बलको टोली खोजतलासमा खटिएको थियो ।



उद्धार टोलीले शनिबार बेलुकी सवा ७ बजेतिर गुरूङलाई मृत अवस्थामा फेला पारेको थियो । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।




