महोत्तरी- गौशाला नगरपालिकामा भएको शिक्षक सरुवा त्रुटीपूर्ण रहेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ । सोमबार गौशलाका दलहरुको सर्वदलिय बैठक पश्चात जारी प्रेस विज्ञप्ति मार्फत शिक्षक सरुवा त्रुटीपूर्ण रहेको जनाएको छ।

गौशला नगरपालिका भित्रका नेपाली कांग्रेस , लोकतान्त्रिक समाजवादी पार्टी , नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी पार्टी सम्मिलित बैठकले गौशाला नगरपालिकाले गरेको सामुदायिक विद्यालयका ९९ शिक्षकहरुको सरुवा पुर्वाग्रही र त्रुटी पूर्ण रहेको जनाएको छ ।



दलहरुको संयुक्त विज्ञप्ति मार्फत शिक्षक सरुवा फिर्ता लिन नगरपालिकासँग माग गरेको छ ।
बैठकमा सिताराम भण्डारी (नेपाली काँग्रेस),देव नारायण महतो (लोकतान्त्रिक समाजवादी पार्टी),विष्णु लामा (ने.क.पा.माओवादी केन्द्र),गणेश जर्घा (एकिकृत समाजवादी पार्टी),विजय साह (ने.क.पा. माओवादी केन्द्र),महेश कुमार झा (नेपाली काँग्रेस),लालबाबु साह (नेपाली काँग्रेस),राधेश्याम भगत (नेपाली काँग्रेस),कुमार भारती (नेपाली काँग्रेस),कर्ण बहादुर लुंगेली (एकिकृत समाजवादी पार्टी),हरिलाल महतो (ने.क.पा. माओवादी केन्द्र),सुर्य नारायण राय (नेपाली काँग्रेस),राजाराम महतो (नेपाली काँग्रेस),जय किशोर साह (नेपाली काँग्रेस) ,गोकुल महतो (नेपाली काँग्रेस) को उपस्थिती रहेको थियो ।
संयुक्त विज्ञप्ति





