
महोत्तरी- मटिहानी नगरपालिकामा नेपाली सेनाको रणभिम गणले चारदिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गरेको छ । मटिहानी नगरपालिका ७ लक्ष्मीसागरमा उक्त तालिम संचालन हुदैछ ।
विपदको समय हुन सक्ने जोखीम तथा क्षति न्युनिकरण गर्नको लागि स्थानिय जनतालाई विपद प्रतिकार्य सम्बन्धी तालिम प्रदान गरिएको रणभिम गणका गणपति प्रमुख सेनानी उक्तम कटुवालले बताए । मटिहानी नगरपालिकाको सम्पुणर् वडाको प्रतिनिधित्व हुने गरि सो तालिम संचालन गरिएको हो ।

तालिमको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख सेनानी कटुवालले महोत्तरीमा वाढी,आगलागी र शितलहरका साथै विभिन्न विपदको जोखिममा रहेकोले सर्वसाधारणलाई यो तालिम अति उपयोगी हुने बताए ।
वर्षेनी आउने वाढीले महोत्तरीमा धनजनको क्षति गर्ने भएकोले वाढी आएको वेला सुरक्षित हुने देखि अरुको उद्धार गर्न समेत तालिममा सिकाइने बताउदै प्रमुख सेनानी कटुवालले हरेक प्रकारको विपदमा ज्यान जोगाउन तालिम सहयोगी हुने बताए ।
उनले तालिममा आफु सुरक्षित रहि अरुलाई समेत सुरक्षित गर्न सक्ने तथा जोखिमबाट बच्न अपनाउन सकिने विभिन्न विधि सिकाएर दक्ष बनाई स्थानिय स्तरबाटै विपदलाई व्यवस्थापन गर्न सक्ने गरि सहभागीहरुलाई दिक्षित गरिने बताए ।