
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तालिका सार्वजनिक भएको छ । भारतीय परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको भ्रमण तालिका अनुसार जेठ १७ गते (मे ३१) बुधबारबाट सुरु हुने भ्रमणमा दाहाल भारतको समयअनुसार २ः५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।
जेठ १८ गते बिहान साढे १० बजे प्रधानमन्त्री दाहाल महात्मा गान्धीको समाधिस्थलमा राजघाट पुग्नेछन् । त्यहाँ गान्धीको समाधिस्थलमा माल्यार्पण गरेपछि उनको स्थानीय समयअनुसार ११ बजे हैदरावाद हाउसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैठक हुनेछ ।
१२ बजे सोही स्थानमा द्विपक्षीय समझदारी सार्वजनिक गर्ने कार्यक्रम हुने भारतको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको औपचारिक कार्यतालिकामा उल्लेख छ । अपरान्ह ४ बजे मौलाना आजाद रोडमा रहेको कार्यालयमा उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट हुनेछ ।
जेठ १९ गते अपरान्ह ४:३५ मा राष्ट्रपति भवनमा भारतका राष्ट्रपति दौपदी मुर्मुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हुनेछ ।
जेठ १९ गते स्थानीय समयअनुसार बिहान ८:३० बजे प्रधानमन्त्री दाहाल मध्यप्रदेशको इन्दोर प्रस्थान गर्नेछन् । त्यहाँको कार्यक्रम सकेर उनी शनिबार अपरान्ह ४:२० बजे काठमाडौं फर्कनेछन् ।