
महोत्तरी - अत्यधिक गर्मी बढेपछि गौशाला नगरपालिकाले एकसाताका लागि बिधालयमा बिदा दिएको छ ।
गर्मीले पठनपाठनमा समस्या भएपछि नगरपालिकाले आईतवार २१ गते देखि जेष्ठ २६ गते शुक्रवारसम्मका लागि सामुदायिक संस्थागत तथा धार्मिक बिधालय सबैमा बिदा दिने निर्णय गरेको हो ।
गौशाला नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत वीर बहादुर बलम्पाकीले आज एक सुचना जारि गर्दै जेष्ठ १९ देखि २६ गतेसम्मका लागि बिधालयहरूमा बिदा दिएको जानकारी दिएका छन् । सो बिदा वर्षे बिदाबाट कट्टा हुने गरि बिदा दिईएको जानकारी दिईएकाे छ।

