
महोत्तरी - अत्यधिक गर्मी बढेपछि महोत्तरीका दुई नगरपालिका र एक गाउपलिकाले विद्यालयहरुमा बिदा दिएको छ । अहिले विदा दिने महोत्तरीको १५ वटा पालिहरुका मध्ये जलेश्वर, गौशला र सोनमा पालिका रहेकाे छ।
गौशाला नगरपालिकाले जेष्ठ १९ देखि २६ गतेसम्मका लागि सामुदायिक संस्थागत तथा धार्मिक बिधालयहरूमा बिदा दिएको नगर शिक्षा शाखाका शिक्षा अधिकृत वीर बहादुर बलम्पाकीले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।
जलेश्वर नगरपालिकाले जेष्ठ १९ देखि २६ गतेसम्मका लागि सामुदायिक संस्थागत तथा धार्मिक बिधालयहरूमा बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत मित्रलाल ढकालले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरि सोनमा गाउँपालिकाले जेठ २१ गते देखी जेठ २५ गतेसम्मका लागि आंशिक बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार मिश्रले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ । अरु पालिकाहरुले पनि गर्मीको कारण विद्यालय विदा दिने तयारीमा रहेकाे छ।