कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को नेपाल भारत सिमा नाका बेलहिया मा भैरहवा भंसार कार्यालय ले नाका लाई थप व्यवस्थित गर्दै चेक जाँच मा कडाई गरेको छ। सिमावर्ती बजार सुनौली गएर खरिद गरेर आउने प्रत्येक लाई कडाई का साथ चेक जाचँ गरी समान को प्रकृती अनुसार भंसार राजस्व तिरेर मात्र नेपाल प्रवेश गर्न दिईएको छ।




भैरहवा बुटवल लगाएत विभिन्न ठाउँ वाट दैनिक हजारौ नेपाली भारतिय बजार सुनौली गएर करोडौं को समान लिएर विना कुनै रोकटोक नेपाल प्रवेश गर्ने गरेको , र स्थानिय व्यापार दिन प्रतिदिन ओरालो लागेको व्यापारी हरु को गुनासो वढ्दै गइराखेको अवस्था मा यो कडाई गरिएको देखिन्छ। सिद्धार्थ उध्योग वाणिज्य संघ, रुपन्देही ले सिमा नाका व्यवस्थित गर्न भैरहवा भंसार कार्यालय लाई ज्ञापन पत्र दिनु लगाएत विभिन्न संघ संस्था सित छलफल र जेठ १४ गते ‘खुला सिमा नाका चुनौती र समाधान ‘ विषय अन्तर्किर्या नै गरेको थियो । अन्तरकिर्या मा व्यवसाही हरु ले सिमा नाका यहि अवस्था मा रहे नाका मा धर्ना दिनु वाहेक कुनै विकल्प नभएको सो कार्यक्रम मा जानकारी गराएका थिए।
सिमा नाका को अवस्था वारे भैरहवा भंसार कार्यालय का अधिकृत तथा सुचना अधिकारी यवराज भट्टराई ले ‘ सिमा नाका मा कडाई भन्दा नि थप व्यवस्थित गरिएको र व्यवस्थित गर्न लाई शसस्त्र प्रहरी र जनपथ प्रहरी को सहयोग ले मात्र सम्भव भएको ‘ जानकारी दिए ।सिमा नाका थप व्यवस्थापन गर्ना ले राजस्व पनि दिनप्रति दिन वढ्दो देखिएको , जेठ १६ गते यात्रु समान जाचँपास वाट रु १,४७,१२० जेठ १७ गते रु १,६४,०१७ जेठ १८ गते रु २,१९,९५२ र जेठ १९ गते रु २,५१,२०६ राजस्व उठेको थप जानकारी दिए ।

सिद्धार्थ उध्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ले ‘ सिमा व्यवस्थापन गरिदिएको मा भैरहवा भंसार कार्यालय लाई धन्यवाद् तर यो २-४ दिन मात्र नभई निरन्तरता दिन भंसार कार्यालय लाई सिद्धार्थ वाणिज्य संघ को अनुरोध रहेको ‘ भनेका छन्।




