कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को तिलोत्तमा नगरपालिका ले नगर भित्र संचालन भएका सम्पुर्ण सामुदायिक तथा संस्थागत विधालय हरु मा जेठ २२ गते देखि अषाढ १७ गते सम्म २८ दिन गर्मी विदा दिने निर्णय गरेको छ। विगत केहि दिन देखि तिलोत्तमा लगाएत आसपास को क्षेत्र मा अत्याधिक गर्मी वढेको ले यो निर्णय गरिएको हो ।
तिलोत्तमा नगरपालिका का उपसचिव गंगाराम आचार्य ले ‘ तिलोत्तमा नगरपालिका को जेठ २१ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विगत केही दिन देखि वढी राखेको तापक्रम ले अत्याधिक गर्मि भई विधालय हरु मा पठन पाठन संचालन मा कठिनाई भएको हुँदा वार्षिक विदा वाट समायोजन हुने गरि सम्पुर्ण संस्थागत तथा सामुदायिक विधालय हरु मा विदा दिने निर्णय भएको ‘ जानकारी दिए ।







